Friday, September 13, 2024

प्रश्नले दुखि बनाएको दिन

 

मैले जिन्दगीमा सोचेको पनि थिएन कि कसैले कसैको लागि गरिएको प्रश्ननले मलाई दुखी बनाउछसायद जिन्दगी हो अनेकन कुराहरू आउछन् कहिलेकाही सुख बोकेर आउछन् कहिलेकाही दुख बोकेर आउछन्तर सबै कुराहरू सुखदुख बोक्ने सामर्थ्य राख्छन् त ? यो कदापि हुन सक्दैन । न सुख बोक्न सक्छन्दुख नै तर सुखिदुखी हुनेहाम्रो मानवीय गुण होत्यो आवस्थालाई हामी कसरी अध्ययन गर्छौ भन्ने कुराले धेरै नै फरक पार्छतर कहिलेकाही यस्तो कुराबाट मानिस दुखित हुन्छ कि त्यो उसको लागि अनविज्ञ छ अबोध छ।
आजयस्तै कुराको साक्षी बन्न पुगेकरिब 5बजेर 40 मिनेट गएको थियोे होला सधैजसोमनोहरा खोला किनार वरिपरि घुम्न निस्केबाटोमा एकजना महिला बैसाखि टेकेर हिड्दै हुनुहुन्थ्योमैले बाटोमा हिड्दा खासै मान्छेलाई ख्याल नै गर्दैनमहिलालाई देखे बैसाखिसँगै  र आफ्नो बाटो हिडिरहे यत्तिकैमा मेरो कानमा एउटा आवाज गुन्जियो । "अन्टी हजुरको खुट्टा किन छैन ?" झसङ्ग भए त्यो प्रश्नबाटएक्कासित्यो आवाज आएको दिशातिर आँखा घुमाउदा एउटा सानो बच्चालाई देखे । उ एउटा सम्मान घरको कौशिबाट प्रश्न गर्दै थियोेअनि मेरोजनर ती महिलाको मुहारमा गयोउनको मुहारमा त्यो प्रश्नले पुर्याएको मर्माहता देखेप्रष्टसँग उनको मुहारमा देखिएको थियोेउनि आफ्नो नजर त्यो बच्चा तर्फ घुमाएर हेरिर अनि पुन आफ्नोे गन्तव्यमा लागिनमैले उनको मुहारमा हेरिरहेको थिए उनले एक नजर मतिर पनि हेरिनसायद उनका आखाहरू केहि बोल्दै थिए होला त्योबुझिन तर उनलाई त्यो बच्चाको प्रश्ने दूखी बनाएको भने प्रष्टसँग नै देखिन्थ्योत्यो बच्चा अबोध थियो सायद उसले बोल्न सिकेको बढिमा 17-18 महिना मात्र भएको हुनुपर्छ तर उसको बोलिले कसैले विगतको घाउ बल्झाइदियोउनले आफ्नो सरिरको महत्त्वपूर्ण अंग कसरी गुमान पुगिन के उनी जन्मजात नै यस्तै थिइन् या कुनै दुर्घटनामा परेर गुमाउनुपरेको थियो यो मलाई थाहा छैनत्यो बच्चालाई थाहाकि उसको प्रश्नले उनलाई दुखि बनाउछ भन्ने केवल उसले प्रश्न गरेको थियो उनलाई फरक देखेरबुझ्न चाहेको थियोे उनलाई तर उसलाई के थाहाउसको प्रश्नले कसैलाई दुखि तुल्याउछ भनेरएकपटक सोचौहामीले हाम्रा बोलीव्यवहारले कसैलाई कतिसम्म दुखिखुसी बनाउछन् भनेरहामी मानव हौ हामी सधैं सही हुन्छौं भन्ने पनिछैन सहि हुदाहुदै पनिगलत हुन सक्छौ  ।

No comments:

Post a Comment