Showing posts with label वास्तविकताबाट टाढा रहेर. Show all posts
Showing posts with label वास्तविकताबाट टाढा रहेर. Show all posts

Tuesday, April 15, 2025

वास्तविकताबाट टाढा रहेर

 खै सोचेर के टोलाउछु 

कहिल्यै नपुग्ने सपना खेलाउछु 

रमाउछु तिनै सपनासँग विपनाको वास्तविकताबाट टाढा रहेर 

कोसौँ दुर 

जहाँ पुग्ने कुनै शंका छैन  पुग्ने कुनै शंका छैन 

यात्राको कुनै आधार स्तम्भ छैन 

जहाँ केही छैन 

कोही छैन 

त्यहाँ म रमाउछु घण्टौसम्म आफैंमा हराउछु

कति खुशी छन् ती कल्पनाका पात्रहरू 

न वेदनाको पोको खोलेर रुन्छन्  

न दुखको भारी बोकेर हिड्छन् 

न लोभ छ 

न अनेकौं विलाप छ 

छ त केवल खुशी छन् ती पात्रहरू 

तर क्षणिक छन् सिमित छन् मेरो कल्पनामा 


latest

दर्शनमा झोलेवाद