Showing posts with label नयाँ देश. Show all posts
Showing posts with label नयाँ देश. Show all posts

Tuesday, July 9, 2024

नयाँ देश

 

नयाँ देश
नयाँ आशा
नयाँ भरोसा
खुसी खोज्न पैसालाई रोजी
यौवनको बैँस तमेलीमा छाडी
हजार सपनाका खोलीको यात्रा
हुदै छ जीवन सरकसको जात्रा
पैतालाको धुलो पसिनाले पखाल्छ
हतासिएको मन खै कसले समाल्छ

यो देशमा हजारौं मनुवाहरू छन्
जो आफ्नै जीवनसँग वेचैन छन्
हजारौं थुनुवाहरू छन्
आफ्नै सपनाको बन्दीगृहमा पहरेदार छन्
आफ्ना सपनाबाट  जो भाग्न सक्छन्
केही क्षणमै,समयको वेगमै
कोही भागिसके कोही सुरुङ्ग खन्दै छन्
कोही मृत शैयामा छट्पट्याउदै छन्
कसैको शव छपस्ट छरिएका छन्
यी सबै नियाल्ने उ पहरेदार
सपना जीवनका सबै भुवादार