कहिल्यै सोच्नुभएको भदौको टन्टलापुर घाममा किसानको एक स्वरमा किसान भन्दा तेब्बर तौलभएका गोरूहरू किन हिड्छन् ? एउटा किसानसँग किन दुइवटा गोरु डराएका होलान् ? किसानको बलको तुलना गर्ने हो भने दुई गोरुको बल कैंयौगुणा धेरै हुन्छ तर किसानको नियन्त्रणमा हुन्छन् । फेरि हामीले सोचौंला मानिस एक सर्वश्रेष्ठ प्राणी हो उसले दिमागको भरपुर प्रयोग गर्न जान्दछ र त्यसैको फलस्वरूप गोरुलाई नियन्त्रण गर्न सक्षम भएको हो। यो त भयो मानिसको नजरमाबाट हेरिएको कुरा यदि यहि प्रसंगलाई एउटा गोरु नजरबाट हेर्ने हो गोरुको लागि उ (गोरु) नै संसारको सर्वश्रेष्ठ प्राणि हुन आउछ उसलाई लाग्छ उसले जत्तिको दिमागको प्रयोग कसैले गर्न जान्दैन। उसले मानिसलाई प्रयोग गरेर आफ्नो आवश्यकतालाई पुरा गरिरहेको हुन्छ। यदि गोरु जंगलमा बसेको हुन्थ्यो भने उसले मिठो मीठो अन्नबाट बनेको दाना खान पाउने थिएन उ केवस हरियो घाँसमा सिमित हुन्थ्यो । उसलाई भोलि के खाने चिन्ताले सताइरहेको हुने थियोे सन्तानलाई कसले हेरचाह गर्ने भन्ने कुराले उसलाई कायल बनाउने थियोे । उसले मानिसलाई प्रयोग गर्यो आफुलाई सांसारिक प्रश्नबाट टाढा राख्न र उ पुर्ण रुपमा सफल पनि भयो ।
किसानले खेत जोत्नको लागि गोरु हिड्नुपर्छ गोरु हिड्नको लागि राम्रो स्याहारसुसार चाहिन्छ अर्थात एक कार्य अर्को कार्यसँग अन्तरसम्बन्धित जसले नयाँ कार्यको सृजना गर्छ र एउटा कर्यालाई पुर्ण रुपमा असक्षम बनाउछ यो प्रक्रिया नै झोलेवाद हो। गोरुले आफूलाई खानापानिको चिन्ता गर्नुनपर्ने स्थितिमा पुग्छ जसले गर्दा उसको त्यो क्षमता विर्सिएर जान्छ र किसानमा पुर्ण निर्भर हुन्छ भने किसानले आफ्नै बलमा खेत जोत्ने कला विर्सिएर गोरुको चाकडि गर्न पुग्छ । किसान गोरुको झोले हुन्छ भने गोरु किसानको गोरुको झोले हुन्छ जसले गर्दा दुबैलाई बाध्यकारि काम गर्नबाट मुक्ति दिन्छ।
यदि यही कुरा किसान र गुरुको नजरबाट भन्दा पनि मानिस मानिसबिचको नजरबाट हेर्ने हो भने पनि खासै भिन्नता आउदैन। झोलेवादले मानिसको व्यक्ति विकासमा महत्त्वपूर्ण योगदान गर्छ विशेषगरी उसको चेतनाको विकासमा उल्लेखनीय योगदान योगदान दिन्छ । प्राय झोलेवादिहरू उच्च बौद्धिक क्षमता भएका हुन्छन् किनकि उसले पाएका बाहिरी सुचनालाई धेरै विचार विमर्श गर्न पर्दैन कान्तले जस्तो तिनहका सुचनाका स्रोतलाई एकठाउमा राखेर चिन्तन गर्न शक्ति र समय खेर फाल्नुपर्ने बाध्यताबाट उनिहरूले टाढा रहन्छन् । यो प्रकृियामा संचय भएको शक्ति र समय उनिहरू आफ्नो बौद्धिक विकासमा खर्च गर्छन् र सामान्यतया आम मानिसले जत्तिकै शक्ति र समय खर्च गर्दा पनि झोलेवादिहरूको बौद्धिक विकास चौगुणा हुने गर्दछ।
ज्ञानका असिमित स्रोतसँग झोलेवादले अज्ञात बनाउछ जसले विभिन्न मानसिक मिडाबाट मुक्तिको बाटोमा लिएर जान्छ आखिर मान्छे पिडाहरूबाट मुक्ति त चाहन्छ नि । सिमित स्रोतसँग मात्र ज्ञात बनाउछ जसले वस्तुको सत्यता बुझ्ने कलाइ तिखार्छ । वस्तु उसको मियोकोसँग(center) चक्रमार्गमा छ भने त्यो शाश्वत सत्य हो यस्तो सत्य पत्ता लगाउने खुबि अन्य कुनै मान्छेसँग हुदैन ।
आधुनिक झोलेवाद
संसारमा कुनै पनि कुराको मुहान हुन्छ र यसको सहमुहान हुन्छ। मुहान ठुला हुन्छन् र सहमुहानहरू पनि मुहान जत्तिकै हुन्छन् कहिलेकाही ती सहमुहानहरू मुहानभन्दा पनि ठुला हुन्छन् जसले मुहानलाई पनि चक्मा दिन सक्ने खुबि राख्छन् तर यी सहमुहानहरूको नियन्त्रण चाहिँ मुहानको हातमा हुन्छ। सहमुहानहरूको नियन्त्रणमा अन्य ससाना मुहानहरू हुन्छन् र यी ससाना मुहानहरूलाई झोले भनिन्छ । मुख्य र सहमुहानले धमिलो बनाएपछि झन् धमिलाउने प्रकृयियालाई झोलेवाद भनिन्छ ।
ससाना मुहानहरुलाई मानसिक दबाब नपरोस् भनेर मुहान र सहमुहानहरूले नै उनिहरुलाई नियन्त्रण गर्छन् र धमिलो सत्यको बाटोमा लाने गर्छन् । जसले गर्दा उनिहरुलाई आधुनिक विकाससिल प्राणीको रुपमा विकास गर्छ। जसले सह मुहान र ससाना मुहानहरूलाई शक्ति खर्च गरि सोच्नुपर्ने बाध्यताबाट सधैंका लागि मुक्ति दिन्छ। प्रश्न एक असामाजिक अनैतिक र अराजक शब्द हो जसले झोलेहरूले मानसिक विकासमा नकारात्मकता उब्जाउने काम गर्छ । सकभर प्रश्नबाट टाढा रहनुपर्छ ।