Showing posts with label म दानव होइन मानव पनि होइन. Show all posts
Showing posts with label म दानव होइन मानव पनि होइन. Show all posts

Sunday, August 11, 2024

म दानव होइन मानव पनि होइन

 

कसैलाई कायर् बाएर कोरिएका दायराहरू
आफैंलाई दियिएका यातनाहरू
असल र खराब बिचका सिमानाहरु
तोड्नु मन छ
आफ्नै अस्तित्वलाई फोड्नु मन छ
न देख्छु तिनलाई न त सुन्छु
न जुध्न सक्छु न त बुझ्न सक्छु
पाप र धर्म बिचका रेखाचित्रहरू

हराएर आफूलाई कतै रक्तकुण्डमा पाउछु
आफ्नै रगतको तालमा  रक्तक्रिडामा रमाउछु
पुन भर्छु शरिरमा
पधेँर्नीले गाग्रोमा पानी भरेझै
भ्यागुतोले साँझमा सँगित भरेझै
कहिले पाउछु आफैंलाई त्यो बिच चौडाहामा
जहाँ मानिस छन् सबै दैनिकीको भुमरीमा
त्यो बिच चौडाहामा
जहाँ पसलले चिया भन्दै पानी बेचेको छ
चुरोट भन्दै हावा बेचेको छ
प्रभुको प्रसाद भन्दै गाँजा बेचेको छ
नग्न भइ यी सबैलाई नियाल्दै छु
कोर्दै छु म  उनका  दैनिकी चित्र
हेर्दै छन् मेरो  नग्न शरिर मानि विचित्र

मलाई हाँसोले स्वागत गर्दैछन् मेरा मित्रहरू
कोर्दै छु उनका कुरुप चित्रहरू
हेर्दै छु क्यानभासमा कोरिएका फुलबुट्टाहरू
प्रिय मित्र भनी बोलाइएका मुर्कुट्टाहरू
मलाई झाक्रीको सेतो घोडामा सवारी गर्नु मन छ
अगाडि पछाडि भेडाका पल्टन लिई
रातको अध्यारोमा
जुनकिरीको उज्यालोमा
पिकनिकको रमाइलोमा साथमा अदृश्य  शक्ति लिई
होलि खेल्नु मन छ आफ्नै खरानीको
यादहरू सबै मेटाउनु छ सारा जवानीको

म दानव होइन
मानव पनि होइन
तिमी के भन्छौ के सोच्छौ त्यो होइन
तिम्रा सिमानाहरू जहाँबाट  अन्त्य हुन्छन्
हो त्यहाँबाट मेरा सिमाना सुरु हुन्छन्
जसको कुनै सिमा छैन
जसको यहाँ हुनु र नहुनुको फरक छैन
तर तिमी मलाई पाउछौ यही सिमानामा
नशाले मातिएको बेहोसीमा
पाउछौ केलाएर तान्न तयार पारिएका स्टिक गोजीमा
तिमी त्यो स्टिक नतान्नु तिमी मानव हो
म न त दानव हो न त मानव नै हो









latest

दर्शनमा झोलेवाद