Showing posts with label तिमीलाई भेट्ने कल्पनामा. Show all posts
Showing posts with label तिमीलाई भेट्ने कल्पनामा. Show all posts

Thursday, August 15, 2024

तिमीलाई भेट्ने कल्पनामा

 न तिमीलाई न तिम्रो मायालाई बुझे 

तिम्रो सम्झनामा म आफैंलाई भुले

खै मायाको अनुभुतित कस्तो बुझाइ 

खै मायाको हृदयस्यर्सी कस्तो बोलाई

न देखाउन सक्छु 

न बुझाउन सक्छ 

न बोलाउन सक्छु 

सक्छु त केवल तिमीलाई दिलमा सझाउन 

तिम्रो काल्पनिक मायामा रमाउन 

खुसिका सिमाना कोरिदैनन् 

तिम्रा यात्रा रोकिदैनन् 

 रोक्ने पर्खाल भेटिदैनन्

आजाद पंक्षी जस्तै 

नरम हावा जस्तै 

कलकल पानी जस्तै 

सुगन्धी कस्तुरी जस्तै 

तिमीलाई आभाष गर्छु 

पाउछु म तिमीलाई मेरो वरिपरि 

बिर्सिन्छु तिमीलाई घरिघरि 

केही कुरामा बसी आउछौ मेरो सम्झनामा 

बसिरहेको छु म तिमीलाई भेट्ने कल्पनामा 


latest

दर्शनमा झोलेवाद