Friday, December 3, 2021

सर्वदा

 एक गिलास अझै थपिदिनुहोस् म पैसा तिरिहाल्छु नि तेत्रो जागिर छ किन पत्याउनु हुन्न हो भन्दै जिस्किदै थिए जड्याहाहरू। म कामले अलि ढिला भएको कारणले रमा दिदी मलाई नै कुरी रहेकि रहिछन्  आउदा बित्तिकै दिदिले सोधिहालिन् विनय भाई आज त धेरै नै ढिला पो गर्नु भयो त । म थकित मुद्रामा जवाफ दिए दिदी तपाइलाई थाहै छ नि  आज महिनाको अन्तिम दिन काम त धेरै भैहाल्छ  अरूको जस्तो समय पुग्यो कि छाडेर हिड्नु नमिल्ने रहेछ आफ्नो काम सकाउनै पर्ने । दिदीले हास्दै भनिन् " पैसा पनि त धेरै छ नि नत्र त को पो बस्छ यति ढिलासम्म " म झर्को मान्दै" ह्या दिदी पनि  खै खाना ल्याउनुस् भोक लागिसक्यो " । दिदीले खाना ल्याइन म खाएर आफ्नो कोठातिर लागे बाटोमा चुरोट सल्काउदा सलाई खस्यो  सलाई कता खस्यो पत्तै पाइन् मोबाइलको टर्च बालेर यता उता खोजे तर भेटिन केवल एउटा फुल देखे जुन मैले त्यो बाटोमा कहिल्यै देखेको थिएन या भनौ त्यो पहिले देखि नै त्यो बाटोको छेउमा थियोे तर मेरो नजरमा पर्न सकेको थिएन । हेर्दा कति सुन्दर बोटको टुप्पोमा फुलेको फुल रातो हरियो पहेँलो रङ्गको मिश्रित रङ्ग थियोे म केहिबेर हेरिरहे  एकसाथ । त्यो फुलको सुवासले मेरो चुरोटको तलतल मेटाइसकेको थियोे या भनौं म त्यो फुलेको फुलको सुगन्धमा मन्त्रमुग्ध भएर हराइसकेको थिए।


अर्को दिन खाना खानको लागि रमा दिदिको होटल तर्फ लागे । बाटोमा त्यो फुललाई नियालेर हेरे हेर्दा कति सुन्दर ती हरिया लामो लामो पात गरेका पातका ती रेसाहरू प्रष्टसँग देखिन्थे कुनै कालिगडले कुदेर बनाएको एक आकृति जस्तै ती पातहरू त्यो फुलको टुप्पोमा फुलेको फुलमा केही सितका थोपाहरु थिए जुन बिहानीको घामका किरणहरूमा टल्किरहेका छन् । लाग्छ कि ती सितका थोपाहरू कुनै मोतीका दानाहरू हुन् जो टल्किएका छन् त्यो घामको किरणमा र म एक व्यक्ति जो त्यो रमणीय पललाई नजिकैबाट नियालेर हेरिरहेको छु । हिजो खसेको त्यो  सलाईको बट्टा पनि त्यही फुलको लामो पातले छोपिएको थियो तर सलाइको बट्टाले मलाई आक्रसण गर्न सकेन जति त्यो फुलको सुन्दरताले गरेको थियो ।  म खाना को लागि ढिला भैसकेको थियो र म रमा दिदिको होटल तर्फ लागे । रमा दिदिलाई मैले उत्सुकतापुर्वक सोधे 

 दिदी त्यो बाटोको छेवैमा रहेको फुलको नाम के हो ?  

 उनले पनि अन्जान रुपमा भनिन् 

  खै भाइ सधै त्यहीँ नै देखिरहेकि छु मलाई पनि नाम  थाहा छैन तिमीलाई जस्तै । 

   दैनिकी एक ट्वाकबाट सुरु गर्ने एक व्यक्ति मलाई हेर्दै 

   भाइ त्यो फुलको नाम सर्वदा हो सायद यो नाम कमै मान्छेलाई मात्र थाहा होला । यति भनेर त्यो मान्छे त्यहाबाट निस्कियो र म पनि अफिस तर्फ ।

   हिजोको दिन बैंकमा म थिइन् । सरकारले बैंकिङ प्रविधिबाट सबै सरकारी शिक्षक तथा कर्मचारीको तलब भत्ता बैंक खातामै राखिदिने योजना बनाएपछि भने हामीलाई भ्याइ नभ्याइ थियो यदि धेरै खाता खोल्न सकियो भने धेरै नै बैंकिङ कारोबार हाम्रो बैंकबाटै हुने र त्यसको प्रतक्ष्य प्रतिफल बैंकलाई नै हुने भएपछि केन्द्रीय कार्यलयले हामीलाई स्थानीय शिक्षक कर्मचारीको खाता हाम्रो बैंक खोल्नको लागि जे जति गर्न पर्छ गर्नु भन्ने आदेश दिएको थियो र हामीलाई त्यो आदेश पालना गर्नै पर्ने । एकतिर  खाताको चटारो भने अर्कोतर्फ महिनाको लगानी लक्ष्य र दुबैको बिचमा हामी कर्मचारी । कहिले ग्राहक रिसले चुर हुँदै कराउछन् सबै कुरा सुन्नु पर्यो एक रुपैयाँ तलमाथि भएपनि गाली खानुपर्ने ग्राहकको झन कोहि त यस्ता पनि हुन्छन् कि हामीले उनिहरूको रिन खाएका छौ र सबथोक  कुराको जिम्मेवार हामी नै हो  । हेर्दा त बैंकको जागिर सजिलो जस्तो हुन्छ तर जोखिम पनि उत्तिकै कहिले त सानो गल्तीले पनि जेलको हावा खानु पर्ने हुन्छ ।

   

दिनभरको थकानले मलाई केही गर्नु मन पनि थिएन ।साँझको अध्यारोमा  टर्च बालेर त्यहि फुललाई हेरिरहे केही क्षण अनि कोठामा फर्किए । त्यो फुलले मलाई निकै नै लोभ्याइरहेको छ  खै किन थाहा छैन । बिहानसम्म फुलको नाम पनि थाहा थिएन तर अहिले थाहा भइसकेको छ  । हुन त उसको नाम पनि मलाई थाहा थिएन सुरुमा त। 


बुबा र आमाको जागिरको सिलसिलामा हामी सबै परिवार तम्घास पुगेका थियौँ । सायद त्यो पहिलोपटक थियो जहाँ हामीले सँगै समय बिताएको नत्र त कहिले बुबा कुन जिल्लामा त कहिले आमा कुन जिल्लामा कहिले बुबाको साथमा त कहिले आमाको साथमा हामी दुई भाइ । म ९ कक्षामा पढ्थे र भाइ ५ कक्षामा । हामीलाई सबैको सल्लाहअनुसार त्यहि नजिकैको एउटा बोर्डिङ स्कुलमा भर्ना गरिदिनुभयो ।  स्कुलको पहिलो दिन सबै कुरा नौलो थियोे साथीहरू वातावरण परिवेश र सर मिस सबै नौला मेरा लागि तर उनिहरुका लागि म मात्र नौलो । म सरासर कक्षामा गए र सबै  बेन्चहरूमा तीन चारवटा झोलाहरू देखे र लास्ट बेन्चमा भने एउटामात्र झोला थियो हेर्दा केटाको जस्तो थियोे । प्राय केटीहरूको झोला चिटिक्क परेको हुन्छ केहि कुराहरूले सिँघारिएको हुन्छ तर त्यो झोला भने त्यस्तो थिएन र म पुर्ण विस्वासका साथ भन्न सक्थे। एकैछिनमा एक हुल कक्षाभित्र छिर्यो । त्यो हुलमा सबैले एकैथरिका पोसाक लगाएका थिए एक बाहेक ।  म सबैलाई नियालेर हेरिरहेको थिए एकैछिनमा त्यो फरक पोसाक लगाएकी एक केटी मेरो नजिकै डआएर बसी  सायद त्यो झोला उसैको हुनुपर्थ्यो र थियो पनि। 

म झसङ्ग भए जीवनमा एउटै बेन्चमा कोही केटीसँग कहिल्यै बसेको थिएन। म केही बोल्न पनि सकिन  न त उसलाई नै हेर्न सकेको थिए केवल अगाडिको त्यो ह्वाइट बोर्डमा मात्र हेरिरहेको थिए। सायद त्यो हुनुमा एउटै मात्र कारण थियोे मलाई नसिकाएका कुराहरू। सामाजिक शिक्षा त पढाइयो तर  सामाजिक बन्न भने कहिल्यै सिकाइएन । लैंगिक समानताका धेरै निबन्धहरू घोकियो रटियो तर लौंगिक समानता कसरी हुन्छ कहिल्यै सिकाइएन सायद म त्यसैको परिणाम भोग्दै थिए त्यो लास्ट बेन्चमा बसेर । एकैछिनमा सर आउनुभयो  सरको लागि हामी नयाँ थियौँ अन्य साथीहरूका लागि र हामी एक अर्काका लागि पनि । सरले परिचत देउ भन्दै हामीलाई भन्नुभयो तर म के बोल्ने कसरी बोल्ने भन्ने डरले मुटुक जोडले धढ्किन थालेको थियो तर मेरो नजिकैबाट आवाज आयोे 

मेरो नाम सर्वदा थापा । घर अलि टाढा छ यहाँ बाट । मैले ८सम्मको शिक्षा उहीँ गाउमै लिएकी र माध्यमिक तहको शिक्षा आर्जन गर्न यहाँ आएकि छु आशा च सबै साथीहरूले यश कार्यमा साथ सहयोग गर्नुहुनेछ। 

अनि उ बसि पालो मेरो पालो आएको थियोे भने मुटु बेतालले धड्किरहेको थियोे बल्लतल्ल उठे तर डरले केही बोल्ने सकिन कक्षामा सबैले मलाई नै हेरिरहेका थिए। मानौ म एउटा चटके हुँ र सबैले मेरो चटक हेरिरहेका छन् ।बल्लतल्ल बोली निस्कियो मेरो मुखबाट । 


म विनय।

 म बेन्चमा बसे मेरो मुख डरले रातो भएको थियोे भने शरीर तातेर आएको थियो चिटचिट गर्दै पसिना आएको भान भएको थियो । डरैडरमा पहिलो घन्टी बज्यो केही शान्तिको महसुस गर्न थाले। 

 विनय तिमी त धेरै आत्तिने रहेछौ यसरी बोल्दा बिस्तारै नआत्ति बोल्नुपर्छ र पो तिमीले भनेको कुराहरू सबैले राम्रोसँग सुन्छन् नि । 

 उसले पहिलोपटक मसँग बोल्दा नै मलाई बोल्न सिकाउदै थिई  तर मैले आजसम्म कसरी बोल्नुपर्छ भन्ने कुरा पनि सिकेको रैनछु आफैसँग पछुतो लागिरहेको थियोे र लाज पनि। किनकि स्कुलमा जुन विद्यार्थी राम्रोसँग पढ्ने गर्छ जो फस्ट सेकेन्ड थर्ड हुन्छ त्यही नै सरको प्रिय हुन्थ्यो सबैकुरामा  उनिहरूलाई नै अगाडि सार्ने गर्थे वादविवाद हाजिरी जवाफ अनेकौं कुराहरू सधैं तिनै विद्यार्थीलाई मात्र अगाडि सार्ने गर्थे र म भने कहिल्यै त्यो लिस्टमा पर्न सकिन । केहि कुरा राम्रो गरे पनि नजरअन्दाज हुने गर्थे म सायद म मात्र थिएन यस्तो नजरअन्दाज हुनेहरूमा हजारौं विद्यार्थीहरू यसरी नै नजरअन्दाजमा परिरहेका छन् र उनिहरू भित्रको कला क्षमता पनि । 


मसँग कुनै शब्द थिएन उसँग संवाद अगाडि बढाउने त्यसैले चुपचाप बसिरहेको थिए। यत्तिकैमा उसले प्रश्न गर्न लागि 

तिमीले पहिले पनि बोर्डिङ स्कुलमा पढेको थियौ?                  

उम नर्सरी देखि  नै

त्यसो भए तिमीलाई इङलिस मज्जाले आउँछ होला है ? 

आउँछ आजसम्म सबै विषयहरू इङलिसमै पढेको छु  र नेपाली पनि आउँछ राम्रोसँग मलाई बाबाले पढाउनुभएको  म कथाहरु पढ्न पनि बढी रुचाउने गर्छु र यो बानी पनि बाबाले नै पारिदिनुभएको थियो मलाई ।

  हेर न मलाई त इङलिस केही पनि आउदैन सरकारी स्कुल पढेकी थिए अहिले आएर इङलिस मिडियममा खै कसरी कभर गर्न सकिएला डर पो लागेको छ । 

   

   म नि हत्तपत्त भनिदिए मलाई पनि म्याथ निकै नै गारो लाग्छ  म केही पनि बुझ्दिन ।  

त्यसो भए त तिमी मलाई इङलिस सिकाइदेउ र म तिमीलाई म्याथ सिकाइदिन्छु ।  

उसको  यो प्रस्ताव मेरो लागि ढुंग खोज्दा देउता बेटिए सरह नै भएको थियोे । 

हामी बिच  एकमौखिक सम्झौता अनुरूप एकअर्काका कमजोरी एकअर्काका एक बलिया हतियार थिए । 

उ मलाई म्याथ सिकाउथी उसले  म एक अबोध बालक झै भएर उसलाई ध्यान दिएर सुन्ने गर्थे केही कुराहरू बुझेजस्तो लाग्थ्यो केही नबुझेजस्तो । हामी सँगै हिसाब गर्न थाल्यौं र म भने कहिल्यै पनि त्यो सहि उत्तर निकाल्न सकिन । उसले मेरा गल्तीहरु निकालिदिन्थी या भनौ मलाई मेरा गल्ती पत्ता लगाउन सिकाएकी थिइ। उसलाई इङलिसमा भएका सबै विषय सिकाउनुपर्ने थियोे । कसैलाई केही कुरा सिकाउन आफुमा त्यो कुराको राम्रो ज्ञान हुनुपर्छ र म ज्ञान बटुल्न पढ्न लागेको थिए। उसको अगाडि आफुलाई सक्षम देखाउनुथियो मलाई र म उसँग सम्झौता पनि गरेको थिए । उच्चारण देखि  शब्दको अर्थ र वाक्यको अर्थ उसलाई सबैकुरा बुझाउनुपर्ने या भनौं म उसको एक भएको थिए र ऊ मेरी शिक्षिका जसले मलाई गणितीय हिसाब सिकाउछे नाफा घाटा हिसाब सिकाउछे र म उसैलाई सुन्छु एक चित्त भएर र उ मलाई। 


दिनहरू बित्दै गएका थिए मेरो पढाइको स्तर पनि सुध्रिदै गएको थियोे अन्तिम तीन बाट पहिलो तीनमा पर्न थालिसकेको थिए यसपछाडीको कारण थिइ सर्वदा ।  सर्वदा  धेरै नै मिहिनेती थिइ सजिलै हार मान्ने खालकी थिइनँ र अरू भन्दा भिन्नै उर्जासील । 


दिनप्रतिदिन सर्वदा प्रतिको आक्रषण बढ्दै गएको थियोे । मलाई यस्तो लाग्थ्यो कि उसँग सधै यसैगरी नै बस्न पाउ । स्कुल पछिको समय अर्को दिनको प्रतिक्षामा हुन्थ्यो । सर्वदा भर्खर पन्ध्र वर्षकी थिइ र म पनि । उसमा एक स्त्री जातीमा हुनुपर्ने गुणहरू भरिएका थिए । उ हेर्दा निकै सुन्दरताले भरिएकी थिई मिलेको जिउ छातीको भाग केही उठेको थियोे भने मुहार सर्वगुणले भरिएको । पुक्क परेका गाला मिलेका ती आखीभौ र ती नयनहरू जसले मलाई हेरिरहन बाध्य बनाएको छ उसलाई । छुँदा पनि रगत आउछकि जस्तो लाग्ने उसका ती गुलाफी ओठमा भरिएको त्यो लिपिस्टिकको सजावटले  उसलाई एक धरतीकी अप्सराको ताज पहिराएको थियोे । उसको रुपको धेरैले प्रशंसा गर्न  थिइ । 


दिनप्रतिदिन उसको चाहाले मलई सताइरहेको थियोे । म उसलाई मनभित्रबाट  नै प्रेम गर्न थालेको पत्तै पाएन कुन समय देखि म उसलाई प्रेम गर्न लागे। प्रेम कुनै समय स्थान हेरेर हुदोरहेनछ केवल मनभित्र चाहनाले प्रेमको बीउ रोप्दोरहेछ र केही समय पछि त्यो बीउ प्रेमको विशाल वृक्षमा परिवर्तन हुदोरहेछ र त्यहीँ नै भयो म भित्र पनि।  म उसलाई सम्झिदै भविष्यका सुनौला सपनाहरु देख्न थालेको थिए एउटा सानो घरभित्र उ र म एक पति पत्नीको सम्बन्धमा बाधिएर सँगै बसेको, हिडेको डुलेको रेस्टुरेन्टमा गएर एक अर्कालाई रमाइलो गर्दै खुवाएको आधि इत्यादी गरेका सपनाहरू । उ जति मेरो नजिक हुन्थी मनका अनेकौं कुराहरूले सताउथ्यो त कहिले आनन्दको भान गराउथ्यो। 


एकतर्फी मायाले सबैलाई पागल बनाउछ होस बेहोस बनाउछ र म पागल बनिरहेको थिए उसको त्यो एकतर्फी प्रेममा । एकतर्फी प्रेमको खासै औचित्य हुदोरहेनछ । प्रेम त दुबै पक्षबाट हुनुपर्छ र प्रेमगर्नुको मज्जा नै बेग्लै हुन्छ ।

उसकै सामु गएर मनका सबैकुराहरू खोलेर भन्न मसँग हिम्मत थिएन त्यसैले कलमको साहारा रोजे पत्रको बाटो । 


सर्वदा  , मनमा धेरै कुराहरू खेलिरहेका छन् जुन कुराहरू म तिम्रा अगाडि भन्न असम्भव छु त्यसैले यो पत्रको बाटो रोजेको छु आज । आजकाल मनमा तिम्रा यादहरू मात्र आउछन् घरिघरि तिम्रै बारेमा सोच्दै मुस्काउछु त कहिले आफै मख्ख पर्छु । तिम्रो चाहानाले मलाई घरिघरि सताउछ मलाई छट्पटी यदि तिमी सामु नहुदा । मेरा हरेक बिहानीहरू तिम्रा यादबाट सुरू हुन्छन् ।  आजकाल मनभित्र तिमी रहेको महसुस गर्न लागेको छु तिम्रो त्यो मोहनी लगाउने रुपको याद डुब्न लागेको र म डुब्न चाहन्छु तिमीसँगै एक प्रेमको समुन्द्रमा  जहा तिमी र म एक विश्वासको  डोरीको सायताले प्रेमको गहिराइमा पुग्ने छौँ र त्यहि विश्वास र प्रेमको भरमा जिविनका अनेकौं खुशीहरू एक अर्कामा साट्नेछौँ । म मेरो सारा जीवन तिमीसँगै बेतित गर्न चाहन्छु तिम्रो हात समाएर यो जीवनको पवित्रामा निस्किन चाहन्छु के तिमि पनि मेरो हात समाएर मेरो साथ दिन्छौं त? म तिमीलाई प्रेम गर्छु सर्वदा साचो मनले ,के तिमी मलाई पनि प्रेम गर्छेउ त ? 


तिम्रो उहीँ मिल्ने साथी विनय 


      पत्र उसको हातमा थमाईदिए  घर जाने समयमा । एस.एल.सी भनेर होला हामीलाई बिहानैदेखि नै स्कुल बोलाइन थालेको थियोे । बिहानको छ बजेदेखि हाम्रो ट्युसन कलास अनि त्यो  तम्घासको चिसो मुटु नै  छुने खालको । बिहानै उठेर स्कुल जानुपर्ने  सायद कुनैपनि विद्यार्थीलाई जीवनमा धेरै मिहिनेत कहिले गरेको थियौँ भनेर प्रश्न गर्ने हो भने सायद प्राय सबैको जवाफ एस एल सी नै हुनेगर्छ । बिहानीको झिसमिसेमा उ मलाई कुरेर बसिरहेकी थिइ पत्रको जवाफ कस्तो आउने होला भन्ने कुराले मन डर र त्रासले भरिएको थियोे । 


सर्वदा जाउ अब । म यति बाहेक धेरै बोल्नै सकिन र पत्रको जवाफ पनि माग्न सकिन  एकतर्फ लाज थियोे भने अर्कोतर्फ डर म भने बिचमा । 

एकैछिनको मौनता पछि उसले 

विनय  आज मलाई किनकिन डर लागिरहेको  छ थाहा छैन । मनमा यस्तो लागिरहेको छ तिमी मलाई बिच बाटोमै छाडेर हिड्यौ भने म बिचरीको हालत के होला ? विनय म यहीँ कुरा बाट पिरोलिएकी छु । हिजोसम्म तिमी मलाई माया गर्दैनौ कि भन्ने पिर  थियो आज बिचमै छाडेर जान्छौं कि भन्ने पिर जताततै पिरै पिर । 

सर्वदाको यो कुरा सुनेर मन नै हलुका भएको थियोे । 

सर्वदा तिमी पिर  नगर म तिमीलाई जिवनका हरेक सुख दुखमा साथ दिनेछु तिमी म प्रति विश्वास गर सर्वदा म तिम्रो रहेक पाइलामा सारथि बनेर हिड्नेछु । 

मेरो यति जवाफ सुनेपछि उसले मेरो हात समाएर हिड्न लागि । उसँग जीवनका हरेक पलमा सँगै जिउने प्रतिज्ञा गरेको थिए कुनै सिनेमाको हिरोले आफ्नी प्रियलाई गरेको प्रतिज्ञा जस्तै मैले पनि सर्वदासँग । 


सबै अजिब अजिब लाग्दै थियो मलाई । मन हर्षविभोइत थियोे उसको साथले मनका अनेकौं सपनाहरू जुरमुराउन थालेका थिए। हामी एक असल साथीबाट एक प्रेमि जोडीको रुपमा प्रस्तुत भएका थियौँ । उ पनि हर्षले मग्न थिइ कहिले मेरो सामु हात फिजाएर निलो आकाशमा हेर्दै दुइफन्को मार्थी र मेरो अंगालोमा आएर बेरिन्थी  धेरै बेरसम्म । उ नयाँ फुल देख्ने बित्तिकै टपक्क टिपेर आफ्नो केशको चुल्ठोमा  सजाउने गर्थि । म पनि एउटा फुल उसको चुल्ठोमा सजाइदिन्थे फुलले सजिइदा उ एक परम सुन्दरी जस्ती  या भनौ परि जस्तै सुन्दर जसमा खोट लगाउने ठाउँ छैन सबै आक्रसक ।  


तम्घासको चिसोमा हामीले प्रेमको पछ्यौउरी ओड्न  सुरु गरेका थियौँ या भनौ प्रेमको रङ्गिन दुनियाँमा बामे सर्दै थियौँ । हाम्रो शरीर फरक थियोे  मुटु फरक थियोे तर त्यो मुटुको धड्कन एकनासलेधड्किन्थ्यो दुबैको या भनौ उसको धड्कनलाई म महसुस गर्थे भने मेरो उसले ।   उसले ओड्ने त्यो मखमलको पछ्यौउरी एकअर्काले मिलेर कैयौं समय बेतित गरेका थियौं र त्यहीँ पछ्यौउरी भित्र एकअर्का भित्रको तापलाई महसुस गर्थ्यौ तन मनले हामी एक हुने गर्थ्यौ । 


समय यसरी नै बितेको थियोे एस एल सी आउन ठिक दुई महिना पहिला कक्षामा सरले सर्वदाको किताब लिएर पढाउन थाल्नुभयो । त्यही किताबको बिचमा भेटियो एउटा पत्र  त्यो पत्र आफैंले मात्र पढ्नुभयो र  आफ्नो खल्तीमा राख्नुभयो । केही छिनमा सर्वदा र मलाई अफिसमा बोलाइयो हामी दुबै गयौं । सायद हामीलाई राम्रोसँग पढ्न   र स्कुलले हामी बाट धेरै अपेक्षा राखेको कुरा जानकारी गराउन होला भन्ने ठानेका थियौँ । तर हामीले सोचेअनुरुप थिएन । मैले सर्वदालाई लेखेको पत्र रहेछ जुन  सरले कक्षामा भेटेका थिए । मलाई प्रश्न गरियो यो पत्र कहिले लेखिएको हो भन्दै मैले सानो स्वरमा आज भनिदिए सर्वदा केही अप्ठ्यारो महसुस गर्दै थिइ र मैले सरासर कुराहरू मिलाएर भनिदिए । सर मैले यो पत्र आज लेखेको हु  र उसलाई थाहै नदिइ किताबको बिचमा राखिदिएको थिए  ता कि उसले यो पत्र पढोस् भनेर  तर उ अनविज्ञ छे यो कुराको बारेमा । यो सुन्नासाथ सर्वदाले केही सहज महसुस गरि र उसलाई अफिस बाट जान अनुमति दिइयो । भाइस प्रिन्सिपल सरले गालामा एक झापड हान्दै  कलासमा लभ लेटर लेख्छस् भन्दै गाली गर्न थाले । म केवल सुनिमात्र रहे  केही क्षणमा बुबालाई बोलाइयो र मेरा सबै कुराहरू बुबालाई सुनाइयो  । ती कुरामा सत्य कम र बनावटी  कुरा धेरै थिए जसले मलाई रिसको असिम शिमा तर्फ धकेल्दै थियोे । अन्त्यमा मलाई एक चरित्रहीन स्त्रीलम्पट पुरुषको रुपमा व्याख्या गरिदै थियोे जुन कुरा मलाई सैय भएन र मेरो अगाडि रहेको कुर्सीलाई एक लात हानेर पल्लो कुनामा पुराएर निस्किए  अफिसबाट । क्रोधले उग्र भैसकेको थिए म र सिधै कलासमा छिरे र लास्ट बेन्चमा रहेको मेरो झोला उठाएर सर्वदालाई जाने हो भन्दै सोधे उ केही बोलिन सरले मलाई नै हेरिरहेका थिए । के भयो भाइ भन्दै थिए चुपचाप निस्किए । एक हातले झोला कुमपछाडि राखेर निस्किए पाले दाइ रिक्दै थिए मलाई तर रिसको झोकमा उनलाई धक्का दिएर स्कुलबाट  निस्किए । हुन त म एक मुसो बनेर स्कुल छिरेको थिए निस्किदा बाग जस्तो बनेर निस्किए । यो सब कुराहरू बुबाले नियालेर हेर्नुभएको थियोे । म आत्मसन्तुष्ट थिए यसरी निस्किदा र यो अन्तिम पटक थियोे ।


साझ घरमा खाना कम गाली धेरै खाए ठाउँमा टेकेर हिड्ने गर मर्लास् , कस्तो छोरो जन्मिएछ ,  वैशले मातिएको आधी इत्यादी । म चुपचाप कोठा भित्र बसिरहे । भाइ सँगै सुत्ने गर्थ्यो  उसलाई ढोका खोलिदिए अनि बन्द । रातिको करिब एक बजे तिर मलाई पेट दुख्न लाग्यो । खपिनसक्ने तरिकाले  भाइ मस्त निद्रामा थियोे उसले थाहा पाएन बल्लतल्ल ढोका खोलेर बुबाको कोठाको ढोका ढक्ढकाउन लागे सायद उहाँहरू पनि मस्त निद्रामै हुनुहुन्थ्यो होला तर बुबाले थाहा पाएर ढोका खोल्नुभो म छट्पट्याइरहेको थिए। बुबाले आत्तिदै बाबू के भो यसरी किन सुतेको उठ भन्दै मेरो पाखुरामा समाउनु भयो र आमालाई बोलाउनु भो । आमा पनि आएर बाबु के भयो तिमीलाई किन यसो गरेको    । केहि कुरा अरू पनि सोध्दै हुनुहुन्थ्यो मैले यति मात्र भने आमा मलाई पेट छिटो हस्पिटल जाउ । त्यो दुखाइलाई सहन सकिरहेको थिइन् न त कुनै प्रश्नको जवाफ नै दिन  । मलाई एपेन्डिक्स भएको रहेछ  चौबीस घन्टा भित्र अप्रेसन गर्नुपर्ने रे ।  डाक्टरको सल्लाहअनुसार जिल्ला अस्पतालमा   मेरो अप्रेसन गरियो । केही दिनको अस्पताल बसाइँ पछि मलाइ घरमा ल्याइयो केही समय आराम आवस्यकता थियोे र म घरमै बस्न थाले । पुन पढ्न सुरु गरे । बुबाले स्कुलमा कुरा मिलाउनु भएछ मलाई स्कुल जान नपर्ने र केही दिन पछिको सेन्ट टप परिक्षामा भने सहभागी हुनुपर्ने र नसके घरबाट नै दिदा फरक नपर्ने कुराले मलाई धेरै सहज बनाएको थियोे ।  

केही समयपछि एस एल सी सुरु भयो म हिड्न सक्ने भएको थिए तरपनि बुबाले मलाई परिक्षा केन्द्रसम्म पुर्याउनु हुन्थ्यो । सर्वदालाई भेटेर बोल्ने ठूलो रहर थियोे दुई महिना भैसकेको उसँग भेट नभएको उसले दिएको नम्बरमा फोन लाग्दैनथ्यो न उसले फेसबुक नै चलाउथी । परिक्षाको अन्तिम दिन परिक्षा सकिएपछि सबै साथीहरू एकै  ठाउँमा थिए र सर्वदा पनि त्यहीँ हुलमा । उसको नजिकै गएर सर्वदा के छ सन्चै छौ तिमी भन्दै मैले सोधेँ र उसले हसिलो मुहारले   मुस्कुराउदै जवाफ दुई म सन्चे छु बरू तिमीलाई कस्तो छ बिरामी भएछौ थाहै भएन मैले त पछि मात्र थाहा पाको । 


 म अहिले ठिक छु निकै नै सुधार भएको छ । 

 यत्तिकैमा सर्वदाले ल म जान्छु  ल  पछि भेटौंला भन्दै निस्किइ । म अचम्मित थिए उसको छोटो कुराकानीबाट । 

 मैले साथिलाई सर्वदाको म प्रतिको व्यवहार परिवर्तन हुनुको कारण सोधे र उसले जवाफमा सर्वदा भाइस प्रिन्सिपलकि कोही नजिकको नातेदार भएको र उसलाई ल्याउने छोड्ने काम उसैले गर्ने कुराको जानकारी गरायो । 

बल्ल मलाई थाहा भयो किन म माथी धेरै आरोपहरु लगाइएका थिए भनेर सायद सर्वदालाइ पनि दबाब दिएको होला मसँग टाढिनको लागि । बिचरी सर्वदा सबै कुराहरूसँग सम्झौता गरेकी होली मसँग नभेट्ने । पुरुषले भन्दा धेरै नारी सम्झौता गर्नुपर्दोरहेछ यहाँ नारी भएर बाच्नको लागि समाज घरपरिवार नातागोता सबैको डर साला डरैडर । यो समाजले नारीका कुराहरू बुझ्दैन र आफ्ना  सबै सपनाहरूलाई दागबत्ती दिएर कसैको आऋित भएर बस्नुपर्ने रे , यहाँ कुनै न कुनै नारीको कदर हुन्छ न बिचारको  न त कुनै सम्बन्धको । घरपरिवारले जोसँग जाउ भन्छन् त्यसैसँग जानुपर्ने , लोग्नेमान्छेहरू भने छानि छानि मन परेकी केटीलाई बिहे गर्छन् तर नारीलाई भने त्यो अधिकारबाट यो समाजले बन्चित गरेको छ के नारिको पनि आफूले मनले रोजेकोसँग बिहे गरि घरजाम गर्ने रहर हुन्न होला र । वास्तवमा भन्नुपर्दा धर्मको कुरा गर्ने यो समाज पापी छ ,  जहाँ सृष्टिकर्ता नारिका भावनाहरू बिचारहरू र उनका सनौला सपनाहरूको सम्मान गरिदैन त्यस समाजमा धर्मको के नै अपेक्षा राख्न सकिन्छ र ।


खानाको लागि बिहानै म रमा दिदिको होटल तर्फ निस्किए । बाटोमा एक युवती जो करिब 25-26 वर्षकी हुनुपर्छ सायद   हेर्दा अत्यन्तै सुन्दरी कपाल कोरेर चुल्ठो पारेकी रातो सारिमा सजिएकी ।मैले तल बाट सबैतिर नियालेर हेरे एक युवतीमा हुनुपर्ने सबै गुणले पुर्ण थिइन उनि ।  उनले फुल टिपेर केशमा सजाएर सेल्फी लिदै थिइन् । म बाटोमै भएपनि उनितर्फ नै थियोे । यत्तिकैमा मेरो पछाडिबाट आवाज आयो 

हेलो सर यो फुलको नाम के होला मलाई अत्यन्तै राम्रो लाग्यो सर हजुरलाई थाहा होला त? 

  म पछाडि फर्किएर जवाफ 

  सर्वदा 

  उनले म तर्फ हेर्दै हजुर भनीन । 

  सर्वदा यो फुलको नाम हो ।  मैले प्रष्ट पारिदिए उनलाई । 

  जवाफ उनले सरी फुलसँगै  मोरो नाम पनि सर्वदा।

  

 


No comments:

Post a Comment