Showing posts with label तस्बिरसँगै बाँचेका पलहरू. Show all posts
Showing posts with label तस्बिरसँगै बाँचेका पलहरू. Show all posts

Wednesday, August 9, 2023

तस्बिरसँगै बाँचेका पलहरू


 


साथी कहाँ छौँ तिमी
खोज्दा खोज्दा थाकिसकेछु म
खोजीरहेछु म किताबका पानाहरूमा
तिम्रो  तन्नेरी तस्बिर छापिएको आसंकामा
तिम्रो किताब पनि फगत रहेछ
तिमीलाई त आज नचिन्ने भएछ

तिमी त ढाट्ने रहेछौं
झुटो बोल्ने रहेछौं
जीवनभर साथ दिने त चियाको गफै रहेछ
सत्य त्यहीँ सिमलको भुवा रहेछ
सिमलको भुवा सरि हरायौ
खोलाको पानी जसरी बग्यौ
चियाको गफैगफमा खोलाको वेग समायौ
सपना तिम्रो समुन्द्र भन्दा पनि विशाल  थियोे
तर तिमी त्यही सानो समुन्द्रमा विलिन भएछौ

रंगिन छैनन् आजकालका दिनहरू
न त यी काहलीलाग्दा रातहरू
सपनाका स्मृतिले तिमीलाई सम्झिरहन्छन्
बोलाइरन्छन् कतै आउछौ कि भनी
बिहानी सुर्यलाई गरेको पुकार सुन्छौ कि भनि

के छन् कता छन् सँगै बिताएका पलहरू
जानि नजानि पोज बनाएर खिचिएका तस्बिरहरू
मलाई ओल्टाई पल्टाई हेर्न मन छ
तस्बिरसँगै बाँचेका ती स्वर्णिम पलहरू

                                                                                               विनोद अर्याल

latest

दर्शनमा झोलेवाद