Showing posts with label मलाई पुकार. Show all posts
Showing posts with label मलाई पुकार. Show all posts

Saturday, August 10, 2024

मलाई पुकार

 

आजकाल मलाई सबैले सताउछन्
कोहि गिडगिडाउछन्
कोही तर्छाउछन्
त्यो सपनामा
घुमिरन्छन् मेरो सपनाको वरिपरि
प्राथना गर्छन् घरिघरि
मेरो विशाल शरिरमा लडिबुडि
माग्छन् आफ्नो यौवनको खुशी
खै किन देख्दैछु यी अबलाहरूलाई दुखी

आउछन् अगुवाहरूले बनाएका विधवाहरू
नग्न भइ देखाउछन् समाजले ढामेका चोटहरु
मसँग खोज्छन् खुशीका फोहोराहरू
माग्छन् प्रयोगशालामा निमिट्यान्न पारिएका  छोराहरू
रुप होइन कुरुपता माग्छन्
पानी होइन तेजाब पिउछन्
अग्नीलाई एकै गासमा निल्ने वरदान  माग्छन्
ती जलेका जलाइदिएका कुमारीहरू
सिन्दुर माग्छन्  दाइजोको डोलि चढेका बुहारीहरू

latest

दर्शनमा झोलेवाद