बाटाहरू धेरै छन् यहाँ जानु नै पर्ने थियोे र कहाँ
दिवाकालिन सुनौला सपनाका गन्तव्यहरू पुग्छन् जहाँ
निर्धक्कसाथ आकाशमा पन्छीहरू उडिरहेछन् यहाँ
छिटोछिटो गरि हिडिरहेछु म जानू नै पर्ने थियोे र कहाँ
खडेरी पछिको झरिले मुनाहरू टुसाइरहेछन् यहाँ
भमराहरू वसन्तका फुलहरूमा घुमिरहेछन् जहाँ
गरिब दुखीहरू आशैआशले बाचिरहेछन् यहाँ
लुकिलुकि हिडिरहेछु म जानू नै पर्ने थियोे र कहाँ
पहाड फुट्दै संगित छर्दै छहरा बनी बग्दछ जहाँ
फुटेका धरती फाँजाहरू हरितवृक्ष बनी ढाक्दछ जहाँ
सिरसिर गर्ने सिरसिरेले सुगन्ध बास्ना छर्दछ यहाँ
स्वर्गमा बसिकन म कागज खोस्टो लिइ उडिरहेछु कहाँ
आखिर मलाई जानू पर्ने छ नै र कहाँ
रिसैरिस डाहैडाहमा बाचिरहेछु यहाँ
अहम्ताले चिनिएको चितामा जलिरहेछु यहाँ
अशक्त भैकन बसिरहेछु म जानू नै पर्ने थियो र कहाँ
No comments:
Post a Comment