कुनै दिन खुशीको कुरा सुनाउला
काँधमा बोकिएको भारी बिसाउला
तिम्रा मेरा सपनाहरू सझाउला
साना कुरामा हामी खुलेर रमाउला
तिम्रो हात समाइ संसार चालौंला
प्रेमका गितमा हितैले नाचौंला
एकअर्काको आधारमा वर्षनै फेरौंला
सुखदुःख मिलेर हामी दुबैले बाडौंला
पारि त्यो पाखा हेर न सानी गुराँस फुलेछ
मन मेरो के भयो सानी तिम्रो यादमा भुलेछ
हेर न सानी देउरालीमा कालो बादल कसरी हुर्केछ
सिमसिम पानीमा नाचन मन कसरी फुर्केछ
No comments:
Post a Comment