Friday, August 9, 2024

तँलाई राजा भन्छन् नि

 ए शिंह  तँलाई थाहा छ एउटा कुरा 

तँलाई राजा भन्छन्  नि यी आजका भुरा 

कसले लगाइदियो तेरो शिरमा श्रिपेच

कसले बनाइदियो राजाको गद्दी 

कसलाई लगाइदिइस सेनापतिको बर्दि

किन यसरी बसिरहेको छस त भै अचेत 

म भन्छु सुन्छस् मान्दैनस्  मेरो कुरा 

मलाई पनि भन्लास् एक मनुवाको भुरा 

जसले ढुंगोलाई गणेश बनाइदियो 

त्यसैले तँलाई नरेश बनाइदियो 


No comments:

Post a Comment