एक आखत सुन न मेरो कुरा पनी
आफ्नै नियतिले हुन्छ भस्म खरानी
फुइ लाउदैछ हेर शक्तिको
कस्को हो बिचरो अन्धभक्तीको
खै किन आयो यो बस्तीमा
सपना सारा राखि किस्तिमा
बिनति गर्छ दुइहात जोडी
लौन हजुर भन्दै टोली
लाग्यो हजुर फुलमाला लिई
कहिल्यै नपुग्ने आशिर्वाद दिई
कति बोलेको हो प्यारप्यार मात्र
कुवाको भ्यागुतो ट्यारट्यार पात्र
देखाउछ शक्ति परेट खेदाई
बार्दलीमा बसी हेर्दछ साँढे जुधाई
जताततैबाट खाएर हन्डर
जिउदो होला र त्यो एलेक्सजेन्डर
No comments:
Post a Comment