Tuesday, August 13, 2024

तिमी र म मिलि बनाउन मायाको एउटा यस्तो नजिर

 

तिम्रो मायालाई अपहरण गरि मनको कुनामा लुकाऊँ
तिमि माया चोरीको मद्दा दर्ता गराऊ
मलाई मुद्दाको प्रतिवादी बनाऊ
मायाको अतिवादी जनाऊ

उभ्याऊ कठघरामा तिमि  मलाई
मायाका मिठा शब्द बनाई
सोध मलाई मायाका सवाल
मुस्कुराउदै दिउला तिमीलाई जवाफ

एकोहोरो प्रेमको दोषी बनाऊ
केस छोटो होइन धेरै नै लम्बाऊ
पेसि मा पेसि तोकिदेऊ हुन्छु हाजिर
तिमी र म मिलि बनाउन मायाको एउटा यस्तो नजिर

No comments:

Post a Comment

latest

Green Hydrogen Policy 2080: Review and Challenges