माया शब्दबाट आकार र या हटाएपछि आउने म । एकाबिहानै एउटा आर्टिकल पढे अनि म अनुभुति गरे म त कन्फ्युज पो रहेछु। मन र मस्तिष्कको तालमेल नभएको एक अर्काको विपरीत दर्शनको चपेटामा परिरहेको म।
धेरै कुरा नगरी आजको मुख्य कुरामा जाउ न । कन्फ्युज म शीर्षकमै थाहा पाउनु पनि भएको होला यो मान्छे कन्फ्युज नै छ तर के मा । सानोमा साकाहारी थिए हुन त बाहुनको छोरो घरमा मासु खाने कोहि थिएन तर मलाई मासु खान रोक थिएन । बेलाबखत मासु पनि खाने गरिन्थ्यो तर मलाई खासै मासु मन नै पर्देनथियो । यो मानेमा मन पर्दैन थियो कि घरमा म एक्लो थिए घरमा मासु पाक्दैनथियो वर्षमा एक सिजन त्यो पनि दशै आएको वेलामा घरका अन्य सदस्य जम्मा हुदा । एकपटक त के भयो भन्दा म घरको प्रतिनिधित्व गरेमा एउटा निम्तो मान्न गएको थिए सायद मलाई लाग्छ कुल पुजा थियो होला । म गए मेरो हजुरबुवाको भाई र उहाँका छोराहरूसँग । समग्रमा भन्दा हामी तिन पुस्ता थियौँ निम्तो मान्नेमा । हामीलाई टीका लगाइदिनु अनि सेतो छेउछाउमा निलो रातो बुट्टा भएको खाम दिनुभयो । म अचम्म परेको थिए कि मैले खाममा दक्षिणा पहिलोपटक पाएको थिए किनकि मामाघरमा मलाई खुल्ला नै दिनुहुनथ्यो । मामाघर कहाँबाट आयो भन्नुहोला फेरि हामी केटा मान्छेलाई मामाघर बाहेक अरू ठाउँमा पैसा पाउन त्यो पनि टीका लगाएर मुस्किल नै थियो । मैले पहिलोपटक मामाघर बाहेक अन्य ठाउँबाट टीका लगाएर पैसा पाएको थिए म आफैंमा अचम्मित थिए। टीका लगाएपछि भान्सा खाना गयौं । भान्सा फरकफरक थियोे बाहुनको भान्सा छुट्टै क्षेत्रीको छुट्टै । बाहुनलाई बाहुनले नै खाना खुवाउथे क्षेत्रीलाई क्षेत्रीले नै तर भान्से चाहिँ बाहुन नै थिए किनकि सेतो धोती फेरेर भान्से बाहुनले भात पस्किरहेका थिए।हामीलाई पनि बाहुन बस्नेतिर नै लगियो । मलाई सोधियो यो बाबुको व्रतबन्ध भएको छ कि छैन भनेर । त्यो समयमा मेरो ब्रतबन्ध भएको थिएन तरपनि मैले बाहुन बसेकै स्थानमा जान पाए । प्राय व्रतबन्ध नभएकोहरू ब्रतबन्ध भएकोसँग भोजमा बसेर खान पाउदैनथे । थालभरी भात ल्याए अर्कोले हरियो सालको पातले बनेको दुनामा आलुको अचार ल्याए भने अर्कोले ठूलो कचौरा भरि मासु ल्याए ।दाल थिएन बन्दाकोपीको दरकारी पनि भएको जस्तो लाग्छ । म सानो बच्चा नै थिए उनिहरुले दिएको त्यो खाना कुनै बयस्क मान्छेले खाने जत्तिकै थियो । मैले थोरै खाए एकजनाले यो मासु पनि खाउ भन्दै भागमा राखिदिए मैले मासुको झोलसँग थोरै खाए त्यसपछि खान सकिन । मासु मुखमा राख्न पनि सकिन। अनि तिनै भान्से बाहुन आए बाबू यो त फाल्नु हुदैन खाउ कति मीठो छ भन्दै खानलाई दबाब दिन लागे मलाई भने केही मीठो लागिरहेको थिएन अन्त्यमा मैले सबै फालिदिए।
त्यसको केही समयपछि मेरो व्रतबन्ध भयो 2064 साल चैत 29 गते । त्यो दिन याद खासमा मेरो दाइको व्रतबन्ध गर्ने निर्णय भएको थियोे। सबैलाई निमन्त्रणा पनि त्यसै अनुसार नै गरिएको थियो । बिहान म उठे अनि हजुरबुवालाई धम्की दिए मेरो आज व्रतबन्ध भएन भने मैले जीवनमा कहिल्यै व्रतबन्ध गर्ने छैन । हजुरबुबाले मलाई राम्रोसँग चिन्नुहुन्थ्यो मेरो धम्कीलाई सहर्ष स्विकारी व्रतबन्ध गर्ने निर्णय गर्नुभयो तर मलाई विस्वास चाहिँ थिएन किनकि सानोमा मैले जति धम्कीपूर्ण कुरा गरेपनि खासै कसैले मतलब नै गर्ने थिएनन् । तर मेरो व्रतबन्ध भयो ।
व्रयबन्ध भएपछि धेरै फाइदा हुनेगर्थ्यो विनाकुनै रोकतोत जनैधारिसँग सँगै बसेर खान पाइन्थ्यो । जनैपूणिर्मामा पैसा पइन्थ्यो । ब्रतबन्ध गरिसकेपछि भने मैले मासु खान छोडिदिए। मासु नखानेलाई एक किसिमको सम्मान हुन्थ्यो त्यो सम्मानको लागि मासु खान छोडिएको थिए। गाउँमा एक जना अंकलको बिहे भयो । दुइटा खसी काटेर भोज गरे । त्यो समय मैले मासु खान छोडिसकेको थिए। त्यसैले मैले मासु नखानेहरूको भान्सामा खाए । म साथिहरुसँग मासु पाकेको भान्सा नजिकै जान्थे साथीहरूले मासु खाएको देखेर खाइदेऊ खाइदेऊ लागिरहेको थियोे । आफूलाई बल्लतल्ल रोकिरहेको थिए। त्यो नै पहिलोपटक होला सायद मेरो मनले मासु खान भनेको तर मासु खादैन भन्ने छवि बिग्रिन्छ कि भनेर पछि हटे।
म स्कुल पढ्दा एकजना मिसले मास्टर सक्काएर हामीलाई पार्टी दिनुभयो कक्षामा हामी 12 जना विद्यार्थी थियौँ । त्यो समयसम्म मैले मासु खान छोडेको थिए तर मनले मानेको थिएन मासु देख्यो कि खाइदेउ खाइदेउ जस्तो लाग्ने। सायद हामी छ या सात कक्षामा पढ्दा होला स्कुल सकिपछि दुइवटा बोइलर कुखुराको मासु लिएर भुजिया र कोकको पार्टी दिनुभएको थियो । साथिहरुले जोस्साएर धेरै समयपछि मासु खाए मैले । बोइलरको मासु कस्तो फरक नै लाग्यो खासै मीठो नै लागेन तरपनि खाए तर घरमा भने केही भनिन । अर्को दिन कक्षामा केटाहरूले जिस्काउन थाले यो बाहुनले कुखुराको खुट्टा सम्म छोडेन लुछिलुछि खायो भन्दै । त्यसपछि भने मासु खान छोडिन खाइरहे घरमा पनि थाहा भयो मासु खान थालेछ भनेर । काठमाडौं आएर ढुक्ने र भुक्ने बाहेक सबै चल्छ भन्न थालियो ।
आजकाल एउटा गम्भीर सोचमाडुब्दा लाग्छ मैले कसैको हत्या गरेर उसको शरिरलाई खाइरहेको छु जस्तो लाग्छ । मैले बनाएको होइन भगवानले बनाएको कुरालाई मैले आफ्नो भोक मेटाउन प्रयोग गरिरहेको छु जस्तो लाग्छ । म एक पापी हु जस्तो लाग्छ । म मासु खान पुन छोडिदेउ जस्तो लाग्छ । जब म एक कविको सोचमा पुग्छु म दुखित हुन्छु पस्चाताप लाग्छ हिन्नताबोध हुन्छ । हुन त संसारमा सबैभन्दा दुखि कवि हुन्छन् जसलाई सानो कुराले पनि दुखि बनाउछ करुणाले भरिएका हुन्छन् । जब आफुमा कवि पाउछु म पनि उनिहरू जस्तै दुखित हुन्छु।
जब म पुन एउटा साधारण मान्छे हुन्छु मलाई कुनै कुराले पनि छुदैन । विगतमा मासु खाएको कुराको पश्चाताप त कहाँ हो कहाँ उल्टै पैसा लिएर मासु किन्न जान्छु । म आफैमा कन्फ्युज हुन्छु मासु खाउ कि नखाउ भनेर। कहिले मासु खानेरहरुलाई मासु खानु हुदैन भन्दै प्रवचन दिन्छु कहिले मासु नखानेलाई एकपटक टेस्ट गर्न विनम्रता टक्राउछु । म भन्छु कि मन लागे खाउ मासु मन नलागे नखाउ । कुनै परम्परा धर्म आस्थाका नियमहरू आफ्नो चाहानालाई नरोक्नु कसैको दबाबमा नपर्नु मनले जे भन्छ त्यहि गर्नु म जस्तो कन्फ्युज नहुनु ।
No comments:
Post a Comment