Tuesday, August 20, 2024

तँ बाचेको हुने थिइस म मरेको

 

के देखे के लेखे कविले
खै कसरी ढुंगामा देवता भेटे
न सुन्छ न देख्छ यो संसारलाई
बसिरहेछ जुजारु बनाई डरका भावनालाई

सुन्दर पंक्तिमा सुन्दर बयान  देख्छु
भुमण्डल  जलमण्डल त कहिले वायुमण्डलमा देख्छु
भन्छ त्यो कवि सत्य लुकाई
जोड्छ  फोड्छ तिमीलाई असलियतको पर्दा लुकाई
गृहमा उसका मुर्ति छन् ऊ छैन
कहाँ छ कसैलाई पत्तो छैन
तर तिमी उसकै कुरालाई मान्छौ
कविको पात्रलाई
ऊ जीवित छ एक कवितामा
अदृश्यताको अस्तित्व संसार मान्छ म मान्दिन
शिशुका अनेकन शक्तिलाई पुज्छ म पुज्दिन
कविताको प्रभावमा तिमी ज्ञानी भगवान भनौला
म उसलाई स्वतन्त्र ध्यानी भनौला
उसका गाथाकार तिम्रा महर्ऋी
मेरा  ज्ञानकार तिम्रा मानसिक
तिम्रा महर्ऋी मेरा दार्शनिक
म अबुझ तिमी आधुनिक
तिमी आधुनिक म मानसिक

उसकै अगाडि कुमारीले कठोरताका साथ देह त्याग गर्छे
आमा गुहार्छे बाबू गुहार्छे केही आशमा तँलाई गुहार्छे
खै सुन्थिस् तैंले खै के बिझ्थिस् तैंले उसका पीडा
उसले तँलाई कुर्दा कुर्दा भैसकेछ ढिला
यहाँ धेरैले धेरै गुमाए
छोरीले आमा गुमाई
एक कुमारीले छोरी गुमाई
र मैले तेरो विश्वास गुमाए
आज त म लेचालाई सम्झदै भन्छु तँ मरिसकिस

कुमारीको चिताको अग्निरापमा तँ जलिसकिस
जिउदो भएको भए तँ यति कठोर हुनेथिएनस्
मृत्युसँग लड्ने बहादुरलाई लाचार भई लडेको देख्नेथिएनस्
आज त खुसि होलास्
कामले होस गुमाएपछी
भगवान्ले संसार गुमाएपछी
भगवान्को देहमा पुष्प गुच्छा चडाएपछी

तँ कति निर्दयी कठोर निष्ठुरी
तँ जिउदो भएको भए तेरा कानुनहरू कठोर हुनेथिए
त जिउदो छैनस् ठिक छ
सायद तँ बाचेको भए म मरेको हुनेथिए

मिति 2081-5-4 





No comments:

Post a Comment

latest

दर्शनमा झोलेवाद