खै सोचेर के टोलाउछु
कहिल्यै नपुग्ने सपना खेलाउछु
रमाउछु तिनै सपनासँग विपनाको वास्तविकताबाट टाढा रहेर
कोसौँ दुर
जहाँ पुग्ने कुनै शंका छैन पुग्ने कुनै शंका छैन
यात्राको कुनै आधार स्तम्भ छैन
जहाँ केही छैन
कोही छैन
त्यहाँ म रमाउछु घण्टौसम्म आफैंमा हराउछु
कति खुशी छन् ती कल्पनाका पात्रहरू
न वेदनाको पोको खोलेर रुन्छन्
न दुखको भारी बोकेर हिड्छन्
न लोभ छ
न अनेकौं विलाप छ
छ त केवल खुशी छन् ती पात्रहरू
तर क्षणिक छन् सिमित छन् मेरो कल्पनामा
No comments:
Post a Comment