Saturday, August 17, 2024

म एक हु म अनेक हु



 

एक हु
अनेक हु
अनेकन रुपले सझिएको छु
अनेकन परिभाषामा बेरिएको छु
तिम्रा दायराहरुले घेरिएको छु
जेलिएको छु
तिम्रा दुइज लिङ्गी परिभाषामा  अटाउदैन
तिमी एक हौ
म अनेक हु
तिम्रा छि छि दुरदुरका  भाषाले मलाई कत्ति पनि छुदैन
तिम्रा छुट्याउने नजहरुबाट म छुट्टिदैन
तिमी मेरो स्वभावलाई मन पराउदैनौ
मेरो बानीलाई मन पराउदैनौ
मलाई मन पराउदैनौ

तिमी ममा छौ म तिमीमा छैन 

तिमीले सोचेको जस्तो म छैन
तिमीले देखेको जस्तो म हैन
तिम्रो शरीर जस्तो मेरो शरीर छैन
तिम्रा भावनाहरू जस्ता मेरा भावनाहरू छैनन्
मेरा भावनाहरू बर्खाको भेलजस्तो फोहोरयुक्त छन्
तिमी सोच्छौ तिम्रा भवनाहरू हिउँजस्तो निश्चल छन्
मेरा छहराका वेग जस्ता
तिम्रा समुद्र शान्त र शौम्य जस्ता
तिमी धेरै छौ म थोरै छु
तिमी भित्र अनेकन कुराहरू छन्
तिमी एकमा एक हौ
म एक हु म अनेक हु

No comments:

Post a Comment

latest

Green Hydrogen Policy 2080: Review and Challenges