Monday, July 14, 2025

के EV असुरक्षित नै हुन त ?

 



नेपालमा विद्यूतिय सवारीसाधनको इतिहास निकै लामो छ । छिमेकी राष्ट्र चिनको सहयोगमा बनेको त्रिपुरेश्वर सुर्यविनायक ट्रलिबस सेवालाई पहिलो विद्युतिय सवारीसाधनको रुपमा लिन सकिन्छपछिल्लो समय विद्युतिय सवारीसाधन विभिन्न क्षेत्रमा प्रयोग हुदै आएका छन्पहिलोपटक सार्वजनिक सवारीसाधनको रुपमा विद्युतिय गाडी EV लाई सुन्दर यातायातले भित्र्याएको थियो जुन एउटा एतिहासिक कदम थियो । पछिल्लो समय ईभीको प्रयोग सार्वजनिक यातायातमा बढेको देखिन्छ जुन हाम्रो लागि एउटा राम्रो संकेतको रुपमा देख्न सकिन्छ जसले आर्थिक वर्ष 2081-82 मा पेट्रोलियम पदार्थको आयात घटाएको थियोपछिल्लो समय निजि सार्वजनिकसाना मालबाहक गाडीको रुप इभि प्रयोग हुदै आएका छन्इभिको प्रयोग तिव्र रुपमा बढेसँगै इभिका दुर्घटना पनि बढेको देखिन्छ  जुन दुर्घटनामा कैयौ मानिसले ज्यान गुमाएका  थिए भने कैयौं घाइते भएक थिए

सन् 2023 बाट यताका केही इभिका दुर्घटना हेर्ने कहि मानवीय कमजोरीकहि टेक्निकल समस्याले दुर्घटना भएको देखिन्छ
2023 सेप्टेम्बरमा सिन्धुली देखि काठमाडौ आउदै गरेको इभि बिपि राजमार्गमा दुर्घटनामा पर्छ उक्त इभिमा सवार 11 जना घाइते भएका थिएयस्तै 2023 मै MG Motor को MG ZS EV बुढानिलकण्ठ नगपालिका चार्जिङ्ग गरिरहेको अवस्थामा  आगलागी हुन्छयस्तै खालको दुर्घटना सितापाइलामा 2024 अक्टोबरमा दोहोरिन्छ Seres 3 EV एक्कासि आगलागीमा पर्छ

मे 2025 मा पोखरा महानगरपालिका 32 मा ईभि माइक्रो दुर्घटनामा परेको थियो जसमा 3 जनाले ज्यान गुमाउन परेकोतिव्र गतिमा रहेको गाडि आधीहुरिका कारण नियन्त्रण गुमागदा दुर्घटनामा परेको थियोेमे 2025 मै चितवनमा ईभि कार बससँग ठोक्किएर  ईभी चालकको ज्यान गएको थियोे । 2025 जुन कलंकी Edify स्कुलमा testing मा रहेको SRM electric microvan एक्कासि accelerate हुदा एक जना विद्यार्थीको ज्यान गएको थियो भने सात जना विद्यार्थी घाइते भएका थिएमार्च 2025 मा अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा बिहेमा सरिक हुन गएको ईभि दुर्घटनामा परेको थियो जसमाजना घाइते भएका थिए

यस्तै नेपालको ईभी इतिहासकै सबैभन्दा धेरै मानवीय क्षति 21 जुन 2025 मा चितवनमा हुन्छजहाँ ईभिविपरीत दिशाबाट आएको बस ठोक्किन्छन्  र सात जनाले ज्यान गुमाउन पुग्छन्  र 25 जना घाइते हुन्छन्यसमा ईभिको तिव्र गतिलेन अनुशासन पालना नगरेको भन्ने प्ररम्भिक कारण आउँछजुन महिना मै चन्द्रनिगाहपुर रौतहटमा ईभिकार्गो ट्रक एक आपसमा ठोक्किएर 3 जनाले ज्यान गुमाएका थिएयस्तै अप्रिल 2025 मा  मकवानपुरगढि गाउपालिका 2 मकवानपुरमा ईभि दुर्घटनामा पर्छदुई जनाको ज्यान गएको थियो भने 14 जना घाइते भएका थिए

यी घटनाहरु हेर्ने हो भने पनि नेपालमा व्यबसायिक रुपमा फस्टाएको ईभि बजारको छोटो समयमा यस्ता दुर्घटना हुनु नकारात्मक कुरा होपछिल्लो समय ईभिका दुर्घटना प्रति लेखिएका समाचार भिडियोहरू सामाजिक संजालमा धेरै पाउन सकिन्छ जुन धेरै समाचार भिडियोहरू ईभी प्रति नकारात्मक कुराहरूको प्रचारप्रसार गरेको भेटिन्छतर कारण खोज्न भने कुनैपनि मिडिया आएका छैनन्आउनुस आज केहि दुर्घटनाका बारेमा विश्लेषण गरौँ


कस्ता ईभि दुर्घटनामा परेका छन् त?
विगतका दुर्घटना हेर्ने हो भने सार्वजनिक सवारीसाधनमा प्रयोग भइरहेका ईभी दुर्घटनामा परेको धेरै मात्रामा देखिन्छसार्वजनिक ईभिको तुलनामा निजिको दुृर्घटना दर भने न्यून रहेको छ। मानवीय क्षति सार्वजनिक ईभि दुर्घटनामा धेरै भएको देखिन्छ निजीमा भन्दा


किन भइरहेका छन् ईभि दुर्घटना?
दुर्घटना हुनुमा धेरै कारणले गर्दा हुन सक्छन्समाचारमा ईभि नै दुर्घटनाको कारण हो भन्ने होइनविभिन्न घटनालाई हेर्न हो भने ईभी दुर्घटना पर्नुको मुख्य कारण नै तिव्र गति नै होईभिको efficiency धेरै हुनेकेहि क्षण भरमै तिव्र गतिमा कुद्न सक्नु ईभीको विषेशता हो । ICEs भन्दा ईभको गति तिव्र हुने हुदा पेट्रोल गाडि जस्तो गियर परिवर्तन गरिरहनुपर्ने झन्झट नहुदा चालकले इभिलाई तिव्र गतिमा चलाएको हुनुपर्छअर्को कारण विगतमा पेट्रोल गाडि चलाएका चालक नै इभि चलाउने भएकाले  उनिहरू ईभी technology सँग अनुभव नभएर दुर्घटना परेको पनि हुन सक्छयी भए मानवीय कारण यसबाहेक बाटोको अवस्थाले गर्दा पनि कैयौं गाडिहरू दुर्घटनामा परेका छन्सडक सुरक्षामा राज्यले गर्नुपर्ने लगानी न्यून रुपमा गरेको पाइन्छसाघुरो बाटो खाल्डाखुल्डी भएको बाटोमा बढि सवारीसाधन दुर्घटनामा परेको देखिन्छबुढानिलकण्ठमा चार्जिङ्गमा रहेको इभि दुर्घटना भने अलि फरक छ ।उक्त  घटनामा भने चार्जिङ्ग गरिरहे ठाउँ , ग्रउन्डीङ्गस्टान्डर्डलाई फलो गरेर निर्माण गरिएको थियो थिएन भन्ने कुरामा  भर पर्छअर्को भनेको पावर सप्लाईको गुणस्तरीयता माथि पनि संका गर्न सकिन्छईभी गाडिमा आगलागी हुनुमा मुख्यतया प्रयोग भएको ब्याट्री , तारतारको इन्सुलेसनमा भर पर्छयी सबै कुरा गर्दा ईभिमा समस्या नै हुदैन भन्न खोजेको होइन हजारौं गाडिमा एकदुई गाडिमा समस्या देखिन्छन्

ईभि सामाजिक संजालभ्रामक समाचारमा भनेको जस्तो असुरक्षित छन् त?
ईभि बजारमा आउनु भन्दा पहिले विभिन्न प्रकारका टेस्टिङ पार गरेका हुन्छन्  जसले ईभकोविस्वासनियता ठुलो टेवा पर्याउने काम गर्छन्नियामक निकायले नियमन गरेर सुरक्षितभनेर बजारमा व्यापारका लागि आउन अनुमति दिएपछिमात्र बजारमा आउने गर्छन्कुनै देश , ब्रान्ड , ईभि लक्षित गरेर समाचार बनाइनु एक संकाको विषय भने पक्कै होईभिमा Regenerative breaking हुने हुनाले पेट्रोल गाडिको भन्दा छिटो काम गर्ने हुन्छ जसले ईभिको सुरक्षामा झन् टेवा पुर्‍याउन मद्दत गर्छसनसनीपुर्ण समाचारमा भनेजस्तो ईभि असुरक्षित छैनन्

अन्त्यमा नेपालमा वर्षेनी धेरै मानिसले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् । सम्पुर्ण सवारी चालकले सडक नियम पालना गरेर सवारीसाधन चलाउने र सरकारले सडकलाई periodic रुपमा मर्मत गर्ने हो भने पनि ईभि दुर्घटना मात्र होइन सम्पूर्ण सवारी दुर्घटना न्युनिकरण गर्न सकिन्छ ।

No comments:

Post a Comment