भाले बास्यो निद्रा टुट्यो मीठो बिहानीको
तारा खस्यो सुरु भयो कथा जिन्दगीको
मिरमिरेको घामसँगै आँगनीमा छाया मख्मलीको
त्यहीँ छायाले ब्युझाइदियो न्यानो माया मख्मलिको
मैले उनलाई देखेपछि संसार सारा बिर्सिदिए
विकल्पमा मेरो संसार उनैलाई नै बनाइदिए
लाज डर मान्दै मैले उनिसामु प्रेम प्रस्ताव राखिदिए
दुइचारदिनको वादसंवादले मेरो हजुर भन्ने उनलाई बनाइदिए
उनीसँग भएपछि औंसीको रात पनि मलाई पुर्णिामा झै लाग्थ्यो
उदार लाग्दो त्यो रात पनि ती चम्किला तारा गन्दै जान्थ्यो
मेरै हातले उनको खाली शिउँदो मलाई सजाउ सजाउ लाग्थ्यो
यी हात मेरा अभागी रैछन् भाग्य किन मान्थ्यो
गाइने दाइले गितै गायो फुल मख्मलीको
त्यहीँ गितले याद दिलाइदियो मेरी मख्मलीको
No comments:
Post a Comment