Thursday, October 15, 2020

Smriti

 



                               भग एक


अतित थियो त सम्झनाले भरिएको सधैं एक खुशिको अनुभुति गराउने रहेक स्मरणमा यी ओठमा मुस्कान छाउने । म र ऊ  सँगसँगै बिताएका  हरेक पलहरु आज न्यानो लागिरहेछ उसलाई यो हृदयले रहेक चालमा सँगै नहुनुको पृथक कथामा एक महत्त्वपूर्ण पात्रको रुपमा लिइरहेको छ।ऊ कथा हो मेरो ,म पाठक । जसरी कथा र पाठकको सम्बन्ध छ त्योभन्दा पनि गाडा र उत्तम । सायद सबै सम्बन्धहरु मुना र मदन , रोमियो जुलियट जस्तो हुन्छन् भन्ने पनि त हुदैन । म पाठक हरेक कथामा नयाँ पात्रको खोजिमा हुन्छु , हरेक पात्रमा नविनतम् यात्रा खोजिरहेको हुन्छु। तर त्यसैले त होला आज आफ्नै पात्रले किन  विना यात्राको थकान दिइरहेको छ? कहिले आफैलई प्रस्न गर्छु आफैमा जवाफ पाउछु" पात्र त यात्रामा छैन म मात्र विना अर्थको यात्रा गरिरहेछु। कहिलेकाही त लाग्छ म पात्रको खोज सपनामै गरिरहेछु। सपनामा सपनालाई नै सजाइरहेछु ॥। सपनासँगै सपनामा भुलिरहेछु घुमिरहेछु उडान भरिरहेछु कहिल्यै गन्तव्यमा नपुग्ने र चाहेर पनि गन्तव्य चयन गर्न नसक्ने उडान सायद त्यो आकासको चरिजस्तै न त कहिल्यै  गन्तव्यमा पुग्छ जिवनकाल उढिरहन्छ केवल उढिरहन्छ । म पनि त चरि नै त हो सपना चरी उडिरहने सधै सपनामा । सपनामा उड्दा उड्दा कहिले पनि विपनामा नपुगु जस्तो लाग्छ । तर सपना जस्तो विपना हुदोरहेनछ सपना, सपना नै हो म ,नै हु अनि सपना । म सपनालाई सपनामै पाए सपनामै सजाए तर भाग्य त कसैको हातमा हुदोरहेछ सपनालाई आज विपनामा गुमाए। पाउनुमा जति खुशी थिए त्योभन्दा धेरै आज म दुखित छु विनासुचना सपनाबाट गुमाउनु पर्दा । सपना आफैले आफ्नो सपना सजादैछ ,अनि म उसलाई खोजिरहेछु सपनामै , सायद त्यसैले त होला नपाउने कुराहरू सपना मै सिमित हुन्छन् र ऊ पनि। तर आज म उसलाई फरक रुपमा खोजिरहेछु केवल एक पटक चाहन्न म पटकपटक ।  


              समय निरन्तर चलिरहेको छ , कथाहरुको सुरुवात र अन्त्य भइरहेको छ । कथामा पात्रको फेर बदलले मनमा नयाँ नयाँ कुराको अाभास गराइएका छन्। मनमा जतिसुकै नयाँ कुराको आभास भएपनि माया सधै एकै किसिमको हुदोरहेछ । मात्र यसका प्रकार फरक समय र परिस्थिति फरक । सानो छदा अामा बुबाको माया अलि बढेपछि साथी   भाइ घर परिवार र इष्ट मित्रहरुको माया त्यसपछि जिवनसाथी छोराछोरी नातिनातिना जताततै माया नै माया ।  तर त्यसभन्दा पनि खास त आस नलागेको माया। पाउने आस जति कम हुन्छ त्यत्तिकै खास हुदोरहेछ माया।  कहिलेकाही आस रहदासम्म खास हुनेरहेछ तर आस हराएपछि खास होइन घाँस हुनेरहेछ । तर माया त माया नै हो जति गरेपनि मर्दै नमर्ने।सधै स्मृतिमा आइरहने जतिसुकै गरेपनि छाडेर टाढा नजाने कस्तो माया ।        

               


            भाग दुई 

    सब अजीव अजीव लाग्दैछ ,जिन्दगी आफ्नै तालमा , ऊनी आफ्नै तालमा , सबै मानिस आ-आफ्नै तालमा, र म एउटा बोतलमा। भन्छन् केटी र रकेटले जहाँ पनि पुर्‍याउन सक्छन् ,तर मलाई उसले बाधेर राखि, एउटा झिनो आसमा या त भनौं कहिल्यै नसकिने प्रतिक्षा मा। घुम्दैछु त केवल उसको वरिपरि, उसको वरिपरि पनि के भनौ र उसँगका पलहरुको स्मृतिको वरिपरि । संयोग भनौ या त मेरो पागलपन स्मृति उसको नाम हो । उसँगका पलहरुको स्मृतिमा घुम्दा लाग्छ स्मृतिसँगै नै घुमिरहेको छु। समयको रफ्तार त गजबको हुदोरहेछ बितेको पत्तै नहुने । पाँच वर्ष भइसकेछ उसका स्मृतिमा डुब्न थालेको । तर उसँगका पलहरु यति ताजा छन् कि आँखा बन्द गर्दा पनि उहीँ पुरानो दुनियाँमा पुगिहाल्छु। 

   कलेजको आधा आधिसम्म उसको नाम पनि थाहा थिएन मलाई । भन्न सकिन्न ऊ खास थिइन । भनौ ऊ छायामा थिई । तर जब ऊ मेरो अगाडि आई एउटा दिप बनेर आई र मलाई सधैं छायामा पारिदिई, सोच्न बाध्य बनाई कि खास थिइन भनेको के? मैले आफ्नो आँखाले देख्न छोडेको पाँच पर्ष भएछ र दुनियाँलाई सुन्न छोडेको पनि जब म उसलाई देखे । मन एउटा उसँग थियो । मैले उसलाई पहिलोपटक देखेको पाँच वर्ष भएछ या भनौ तिमी नै मेरो दुनियाँ भनेर आँखा बन्द गरेर उसको अनुहारको मुस्कान देख्न थालेको पाँच वर्ष भएछ। उसको break off भएको 3वर्ष र मैले थाहा पाएको 2 वर्ष ।

   उ छायामा थिई अर्थात मेरो नजरमा थिइन । जब मेरो नजरमा परि मलाई नजरबन्दमा पारि या भनौ उसैलाई हेरिरहुँ बनाई।  ती लजालु नयनहरु ती गुलाबि ओठहरु त्यो हावाले उडाउने त्यो रेसमि केस मलाई  लाग्छ हावाले उडाइरहोस म सधै उसलाई कल्पनामा स्पर्श गरिरहन पाउ । उसकै यादमा सारा रातहरु बिताइदिऊ। किन मलाइ  आज लागिरहेछ उसलाई सधैंको लागि आफ्नो बनाउन पाउ केवल आफ्नो। यो मन चाहन्छ ताराहरु गन्दै ित जुनेलि रातहरु उसैसंग  बिताईदिऊ। किन आउछे ऊ सधै मेरो कल्पनामा किन मलाई तड्पाउछे अस्पतालको शैयामा तड्पीरहेको बिरामी जस्तै । उ तड्पाइरहन्छे मलाइ म तड्पीरहन्छु। नजर जुद्छ तर ऊ लाज मान्दै शीर निहुराउछे रेसमी केस बेर्दै लजालु नजरले मुस्कुराउदै मलाई हेर्छे। मलाई उसको लजालु दृश्य हेरिरहु जस्तो लाग्छ केवल उसैलाई नै । आज उसंग बोल्ने हिम्मत छैन मसँग साहास छैन । कतिबेला लाग्छ गएरे ऊसँग परिचय गरु तर यो मन मान्दैन । खै किन  यो मनलाई आज म काबुमा लिन सकिरहेको छैन। मनमा अनेक कुराहरूको दोन्द चलिरहेको छ । प्रेम दोन्द । अज भनौ एकतर्फी माया । आज मायाले मान्छे नचिन्दोरहेनछ। के मान्छे नचिनेरै प्रेम गर्नु पाप हो त ?


No comments:

Post a Comment