म भित्रको कवि मरिसक्यो
आर्यघाटमा आगोको राप तापिसक्यो
उ दुखित थियोे यो दुनियाँसँग
अनेकौं व्यवहारसँग
समयका गरिबीसँग
दुखका पहाडीसँग
सम्हाल्न सकेन आफैंलाई
नैतिकता र चेतनाको उचाइबाट
सिद्धान्तको उडान भर्दा लड्यो
उठ्ने नसक्ने गरि लड्यो
ऊ आफ्नै नैतिकतासँग मर्यो
आदर्श उसँगै दनदनी जल्यो
करुणा स्पर्शि कवि करुणाविहिन भएर मर्यो