किन छेक्यौ मलाई दोबाटो बिचमा
किन पार्यौ मलाई प्रश्नको हुलमा
लाग्यो मलाई बोलायौ भुलमा
होइन रहेछ तिम्रै जनुनमा
गलैंची पुस्प तिमी केशमा सजाऊ
नयन द्वारमा अग्निशेस लाऊ
स्वर्गीय अप्सरा भनी तिमी लेऊ
नछेक बाटो मलाई जान देऊ
नन्दिनी तिमी परेवारुपी भेषमा
वायु पंखा लिई प्राण भर्छ केसमा
प्रकृति भुल्दछ तिम्रो दुर्लभ नृत्यमा
नछेक बाटो कारण अदृश्यमा
केहिदिन अगाडि अन्जान दुई युवतीले मलाई बाटोमा ठट्यौली गर्दै थिए। 2081-3-17
No comments:
Post a Comment